हुम्ला बासीहरुलाई खुसीको खबर, दुर्गम गाउँपालिका खार्पुनाथमा पुग्यो प्रभु बैंकको नयाँ शाखा

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं - प्रभु बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ मा शाखा कार्यालय विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्