एभरेष्ट बैंक र नेपाल मेडीसिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा ७ प्रतिशत छुट पाउने

 everst  bank
  • बैंकिङ संसार 
काठमाडौं - एभरेष्ट बैंकले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको भैसीपाटी, ललितपुरस्थीत नेपाल मेडीसिटी हस्पिटलमा बहु–अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिहरुबाट समग्र रोगहरुको उपचार गरिने जनाईएको छ । नेपाल मेडीसिटी दक्षिण एशियाकै स्वास्थ्य सेवा गन्तव्यको रुपमा विकसित भएको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७ प्रतिशत छुट पाउनेछन् ।

यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैब ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्