कुमारी बैंकको बोनस सेयरमा झन्झट, लगानीकर्ताले पहिला कर तिर्नुपर्ने !

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं - कुमारी बैंक लिमिटेडको बोनस सेयर पाउन पहिले नै कर तिर्नुपर्ने भएको छ । बैंकको २१.२५ प्रतिशत बोनस सेयर पाउन पहिले नै कर तिर्नुभर्ने भएको हो । बैंकका अनुसार पहिला लगानीकर्ताले बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने छ । 

लगानीकर्ताले कुमारी बैंकको जुनसुकै शाखाबाट खाता नम्बर ०३११५०२००१०२० मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् भने भौचर भर्दा सेयरधनीको पूरा नाम र डिम्याट नम्बर उल्लेख गर्न पनि बैंकले आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७३–७४ को नाफाबाट १२.७५ प्रतिशत र २०७४–७५ को नाफाबाट ८.५० प्रतिशत गरी कुल २१.२५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

प्रतिकृया दिनुहोस्