सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने, सम्झौतापत्रमा हस्ताक्षर !

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी दुई बैंकले मर्जर सम्बन्धी समझदारी पत्रमा असार २२ गते हस्ताक्षर गरेका छन् । सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटीपथमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

हाल सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगीको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ ।

सहमतिअनुसार सहयोगी विकास बैंकले १ कित्ता बराबर ९० रुपैयाँ पाउने छ तथा वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए)द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । 

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्