नेपाल इन्भेष्टमेण्ट बैंकको ८१औं शाखा न्युरोडमा विस्तार, ज्योति पाण्डेद्धारा उद्घाटन

 nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको प्युखा, न्युरोडमा ८१औं शाखा विस्तार गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन (प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरे ।

हालसम्म बैंकले देशभर ८१ वटा शाखा, १ सय १८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्