वोमी माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद साउन ९ गतेबाट बिक्रीमा आउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

 womi microfinance
  • बैंकिङ संसार 
काठमाडौं - वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर साउन ९ गतेबाट निष्कासन गर्ने भएको छ । संस्थाले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

उक्त हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार रद्द रहेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् । 

यो हकप्रद सेयर बिक्री प्रबन्धकमा काम सिद्धार्थ क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । उक्त हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्