एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकले उपचार गराउँदा १५% सम्म छुट पाउने

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्रा.लि. ग्वार्को, ललितपुरबीच स्वास्थ्य सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल सम्म मुलुकभर २ सय ९० शाखा कार्यालयहरु, ३ सय २ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत करिब १६ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्