ग्लोबल आइएमई लघुवित्तले ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद बिक्री गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

 global ime laghubitta
  • बैंकिङ संसार
काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति पाएको छ । संस्थाले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

उक्त हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई तोकिएको छ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो । 

हाल यस संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद जारीपछि चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ । 

प्रतिकृया दिनुहोस्