माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र बिक्री खुल्यो : १०.२५% ब्याज पाइने, कहाँ जाने भर्न ?

 machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौं - माछापुच्छ्रे बैंकको सोमबारदेखि ३० लाख इकाई ऋणपत्र आएको छ । कुल ३० लाख इकाई ऋणपत्रमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने उक्त ऋणपत्रमा लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यो अवधिसम्ममा सो ऋणपत्र बिक्री नभएको खण्डमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ भने न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । 

माछापुच्छ्रे बैंकले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यो ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस्