सूर्योदय लघुवित्तको सेयर कारोबार रोक्का, त्रिलोक लघुवित्तसँग मर्जमा जाने !

 suryodaya laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आइतबारदेखि रोक्का भएको छ । त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जका लागि सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेप्सेमा सूर्योदयको सेयर कारोबार रोक्का भएको हो । 

अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । त्रिलोक लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन ।

दुवै संस्था गाभिएपछि बन्ने संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहनेछ । मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ । २३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्यक्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य हुनेछन् । सूर्योदयको केन्द्रीय कार्यालय हाल स्याङजा र त्रिलोकको नवलपरासीमा रहेको छ ।

प्रतिकृया दिनुहोस्