गरिमा विकास बैंक लिमिटेडका ग्राहकले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने !

 garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - गरिमा विकास बैंक लिमिटेडका आफना ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलले विशेष छुट दिने भएको छ । उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो ।

मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्