सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपीओ साउन १ देखि आउने, कहाँ जाने भर्न ?

 sabaiko laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ साउन १ गतेदेखि आउने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओ संस्थाका कर्मचारीलाई ८ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षति गरिएको छ ।बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस्तै लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि र अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओ साउन ५ गते सम्म भर्न सकिनेछ । यस समयमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ३० गते सम्म भर्न पाइनेछ । 

सो आइपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई तोकिएको छ । आइपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्