विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने : चुक्ता पूँजी २१ करोड पुग्ने, स्वाप रेसियो कति ?

 vijaya laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - विजय लघुवित्त वित्तीय संस्थालेले स्वेडा लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । केन्द्रीय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको विजय लघुवित्तले धादिङको धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडा लघुवित्तलाई गाभ्ने भएको हो । 

लघुवित्तले प्राप्ति सम्वन्धि समझदारी पत्रमा विहीबार हस्ताक्षर भएको हो । दुई संस्थाको सहमतिअनुसार १००:८९ अनुपातको स्वाप रेसियोमा एक्विजिसन हुनेछ । अर्थात् स्वेडाको १०० कित्ता हुने शेयएधनीले विजय लघुवित्तको ८९ कित्ता शेयर पाउनेछन् । हाल १९ करोड ४८ लाख चुक्ता पूँजी रहेको विजय लघुवित्तको स्वेडा प्राप्तिपछि करिब २१ करोड चुक्ता पूँजी हुने भएको छ। स्वेडाको हाल चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ। 

एक्वीजिशनपछि बन्ने एकीकृत लघुवित्तको नाम विजय लघुवित्त रहने छ भने कार्यकारी अधिकृत र संचालक समिति पनि विजय लघुवित्त कै हुनेछ। साथै विजय लघुवित्तले ३६ जिल्ला र स्वेडा लघुवित्तले ११ जिल्लामा सेवा दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्