महालक्ष्मी विकास बैंकद्वारा स्तन क्यान्सर र मृगौला पिडितलाई सहयोग

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ । काठमाडौँ वसुन्धारा निवासी पौडेल २०७४ साल पुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकि छन । पौडेल परिवारको आर्थिक स्थिति निकै नै कमजोर रहेको र उपचारका लागि धेरै रकम लाग्ने भएकाले उपचारका क्रममा सहयोग गर्ने हेतुले बैंकले १५ हजार रुपैयाँको चेक पीडितलाई हस्तान्तरण गरेको हो ।

यसैगरी उपाचारार्थ आर्थिक सहयोग गर्ने क्रममा केन्द्रीय कार्यालयले सुखटीया– ५, कालीकोट निवासी वसन्ती कुमारी शाहीलाई पनि सहयोग गरेको छ । २० वर्षीय शाहीको दुवै मृगौला फेल भएको हुँदा मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको खुलासा वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले गरेको छ । पीडितको परिवारलाई मृगौला प्रत्यारोपणको खर्चमा केही सहयोग गर्ने मनसायले बैंकले १५ हजारको चेक पीडित वसन्ती कुमारी शाहीलाई हस्तान्तरण गरेको हो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस्