एनआईसी एशिया बैंकद्धारा कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको पुर्नस्थापनाका लागि आर्थिक सहयोग

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको पुर्नस्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरे ।

यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरे । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्