सिभिल बैंकको नयाँ शाखा सिराहाको धनगढीमाईमा विस्तार, ९० ठाउँमा पुग्यो शाखा सञ्जाल !

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेको पनि बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्