शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेट डिजिटलबीच भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

 shine resunga development bank
  • बैंकिङ संसार 
काठमाडौं - ‘शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्