एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा, यस्ता छन् ग्राहकले पाउने सुविधाहरु

 nic asia bank
  • बैंकिङ संसार
काठमाडौँ - एनआईसी एशिया बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । एनआईसी एशिया सपोर्ट पेजमार्फत बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ ।

सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावसमेत राख्न एवम् बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् । यो हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरु राख्नुका साथै ती सुझाव तथा गुनासोहरुको सम्बोधनबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकहरुको सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्