नेपाल एसबिआई बैंकको अध्यक्षमा सत्यनारायण, डेपुटी गभर्नर श्रेष्ठद्धारा शपथ ग्रहण

nepal sbi bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन भएका छन् । असार १९ गते बसेको सञ्चालक समिति बैठकले सत्यनारयाण उक्त पदमा चयन गरेको हो ।

अध्यक्ष बि.आर.एस. सत्यनारायण, एसबीआई मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्रािष्ट्रय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् । उनले एसबीआईको एसिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रतिकृया दिनुहोस्