चिरायु नेशनल हस्पिटल र एनआईसी एशिया बैंकबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीले स्वास्थ्य सेवामा १५% सम्म छुट पाउने

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले काठमाडौँको बसुन्धरामा रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा.लि,मा पनि छुट पाउने भएका छन् । यस सम्बन्धमा हस्पिटल र बैंकबीच औपचारिक सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारीले चिरायुमा उपचार विभिन्न सेवा सुविधाहरुमा २०५ सम्मको छुट पाउनेछन् भने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस्