सामाजिक उत्तरदायित्व अन्तर्गत एनसीसी बैंकले गर्यो भक्तपुरको युसेप नेपाललाई ५ लाख सहयोग

ncc bank
  • बैंकिङ संसार 
काठमाडौं - एनसीसी बैंक भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  उक्त सहयोग उपलब्ध गराईएको हो ।

गत असार ३० गते एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेको बैंकका प्रबक्ता बन्दना पाठकले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्