नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावल भन्छन्, 'मर्जर आवश्यक छ, तर...'

 banking serofero
काठमाडौँ - नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले ठुला बैंकहरुको मर्जर हुनु सकारात्मक भएपनि मर्जरका नाममा कार्टेलिङ हुनसक्ने भन्दै त्यसतर्फ सबै पक्ष सचेत हुनुपर्ने बताएका छन् । नेपाल टेलिभिजन न्यूज एचडीमा प्रशारण हुने कार्यक्रम 'बैंकिङ सेरोफेरो'मा विशेष अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् ।

उक्त अन्तर्वार्तामा उनले केहि समय अघि मात्र सार्वजनिक भएको बजेटमाथि पनि टिप्पणी गरेका छन् भने मौद्रिक नीति कस्तो आउनुपर्छ भन्ने सुझाव पनि दिएका छन् । साथै उनले तरलता अभावको समस्या र यसको समाधानका उपायका बारेमा पनि कार्यक्रममा बोलेका छन् । उक्त कार्यक्रम बुधबार राती ८:४५ बजे नेपाल टेलिभिजनको न्यूच च्यानल नेपाल टेलिभिजन न्यूज एचडिमा प्रशारण हुनेछ ।

प्रतिकृया दिनुहोस्