सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंकको मर्जर सम्पन्न, असार २२ गतेदेखि एकीकृत कारोबार !

 saptakoshi development bank
  • बैंकिङ संसार  
काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंक एक आपसमा गाभिएका छन् । यी दुई बैंक एक आपसमा गाभिएर असार २२ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । साथै सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ ।

काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित थिए । 

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा ७, धनकुटामा रहने भएको छ । यस्तै, कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलप्मेन्ट बैंकको कर्पोरेट कार्यालय रहेको स्थान विराटनगर महानगरपालिका–७, मोरङमा रहने जनाएको छ ।

प्रतिकृया दिनुहोस्