युनाइटेड फाइनान्सको खुद नाफा ७०.६६% ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

 united finance
  • बैंकिङ संसार
काठमाडौं - युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार १० करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कम्पनीले अघिल्लो वर्षको तुलनामा ७०.६६% ले नाफा वृद्धि गरेको हो । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा खुद नाफा ६ करोड ४१ लाख ४८ हजार रुपैयाँ मात्र थियो । 

यता कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३७.२८% र १२२.४२% ले वृद्धि भएको छ ।कम्पनीले यस अवधिसम्म आइपुग्दा ६ अर्ब ५५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८ करोड २३ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ४८ करोड २१ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ । युनाइटेडको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७२ पैसा छ । 

प्रतिकृया दिनुहोस्