नेरुडे लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जाने

 nerude laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जाने भएको छ । संस्थाको असार २७ गते बसेको संचालक समितिको बैठकले अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने गाभिने सहमति गर्न र उपयुक्त मर्जर पार्टनर खोज्न संचालक सुरेन्द्रराज भट्टराईको संयोजकत्वोमा तीन सदस्यीय मर्जर उपसमिति गठन गरेको हो । 

समितिमा संचालक डा. वेदराज आचार्य र प्रबन्ध संचालक सुधिरकुमार श्रेष्ठ सदस्य रहेका छन् । यो कम्पनीले उपयुक्त मर्जर पार्टनर खोजी निकट भविष्यमै गाभ्ने गाभिने निर्णय लिने बताइएको छ । 

प्रतिकृया दिनुहोस्