एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच १०% सम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा QR पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

QR पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरे ।

बैंकले हाल मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्