स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला, SMFBS संकेतमा कारोबार !

 Swabhimaan microfinance
  • बैंकिङ संसार 
काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले स्वाभिमानलाई ९१ रुपैयाँ ८४ पैसादेखि २७५ रुपैयाँ ५२ पैसासम्म रेन्ज दिएको छ । स्वाभिमानको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।स्वाभिमानको सेयर कारोबार एसएमएफबीएस (SMFBS) संकेतमा हुने भएको छ । यस लघुवित्तले सोमबार ६ लाख १८ हजार ६१० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो ।

प्रतिकृया दिनुहोस्