भार्गव विकास बैंकलाई अक्वाएर गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो सैद्धान्तिक सहमति

 shine resunga development bank
  • बैंकिङ संसार
काठमाडौं - भार्गव विकास बैंकलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले अक्वाएर गर्ने भएको छ । शाइन रेसुङ्गाले भार्गव विकास बैंकलाई अक्वाएर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शाइन रेसुङ्गाको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको नाफा ३१ करोड ९ लाख ३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यता भार्गव विकास बैंकले भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मात्रै वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा बैंकले ३ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्रतिकृया दिनुहोस्