प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ चयन

 prime commercial bank
  • बैंकिङ संसार
काठमाडौं  - प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । जेठ २७ गते बसेको बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

बैंकको गत जेठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले संस्थापक समुहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ निर्विरोध निर्वाचित गरेको थियो ।

त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध रुपमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्