भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको सबै शाखाबाट प्राप्त गर्न सकिने

 sangrila development bank
  • बैंकिङ संसार
काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सकिने छ ।

यस सेवा अन्तर्गत बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट सेवाग्राहीले सुविधाको थालनी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्