मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकको मर्जर प्रस्ताव पारित, कुल शाखा संख्या ३८ पुग्ने !

 tinau bikash bank
  • बैंकिङ संसार
काठमाडौं - मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकले मर्जर सम्झौता पारित गरेका छन् । यी दुवै बैंकको शुक्रबार विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी सम्झौता पारित गरेका हुन् । सभाबाट १ः१ सेयर स्वाप रेसियोभा मर्ज हुने सम्झौता पनि पारित भएको छ ।

मर्जरपश्चात बैंकको नाम ‘तिनाउ मिसन विकास बैक’ रहने भएको छ । उक्त बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहनेछन् । यी दुवै बैंकको चैत ४ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । 

मर्जरपछि चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । निक्षेप १० अर्ब २२ करोड रुपैयाँ र कर्जा लगानी ८ अर्ब ९५ करोड रुपैयाँ हुनेछ । तिनाउ मिसनको देशभर शाखा संख्या ३८ पुग्नेछ । यता, तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भएको छ । एक्विजिसन सम्झौताका कारण नेपाल कम्युनिटीको सेयर कारोबार पनि रोक्का रहेको छ ।

प्रतिकृया दिनुहोस्