पोखराका महिलालाई गण्डकी विकास बैंकले दियो ७ दिने निःशुल्क सिपमूलक तालिम
![GANDAKI BIKASH BANK](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzVlExYti2gy0dsuTVXufvRRSxj1cexsooY_BPS9pZBjePP0ODo_OOBFCuP4WRBebhlwA67MYWMrJ0WOEMGeuH_FiXd4V61SNjHzptn2h9Rds1UUSI_T6lsGDZ2gUWXa2xQ9gKTrbZK10l/s640/2.jpg)
- बैंकिङ संसार
काठमाडौँ - गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ ।
समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले तालिमबाट प्राप्त सिप र ज्ञानको प्रयोग गरी आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गरे । यसका लागि आवश्यक परेमा बैंकले वित्तीय सहयोग प्रदान गर्ने उनले बताए ।
तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृत थापा, प्रशिक्षक तथा जेष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।