घोडिघोडा लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपीओ असार २० देखि आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल !

 ghodighoda laghubitta
  • बैंकिङ संसार
काठमाडौं - घोडिघोडा लघुवित्त वित्तीय संस्थाले असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये संस्थाले १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ६ हजार ६३० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ भने बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले यस संस्थाको आइपीओ असार २५ गतेसम्म भर्न सक्नेछन् । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । 

आइृपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई तोकिएको छ । संस्थाको आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्