जनउत्थान सामुदायिक लघुवित्तको असार १२ गतेदेखि १००% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

 janautthan samudayik laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गर्न लागेको हो ।

उक्त हकप्रद सेय साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । असार १ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न सक्नेछन् । हकप्रदपछि पुँजीको संस्थापक र सर्वसाधारण सरचना ५५ः४५ हुनेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । 

हाल कम्पनीको चुक्ता पुँजी ३ करोड ९० लाख ६० हजार रुपैयाँ छ । कम्पनीले गत वर्ष कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको १००% हकप्रद सेयर जारी गर्न लागेको हो । 

प्रतिकृया दिनुहोस्