नेपाल इन्भेष्टमेन्ट बैंकको २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका !

 nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर लिलामी भर्ने जेठ २३ गते बिहीबार अन्तिम दिन रहेको छ । बैंकले जेठ १६ गतेदेखि लिलामी प्रक्रियामार्फत संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले सेयरको मूल्य न्यूनतम ३०० रुपैयाँ तोकेको छ । यसैलाई न्यूनतम आधार मूल्य मानेर बोलकबोलमार्फत बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्