प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सहमति, ६ महिनाभित्र सेवा शुरु गर्ने !

 prabhu bank
  • बैंकिङ संसार
काठमाडौँ - प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट विभिन्न ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति प्राप्त गरेको बैंकले जनाएको छ ।

प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले सेवा प्रारम्भ गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्