प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

 prabhu bank
  • बैंकिङ संसार
काठमाडौं - प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

सो ऋणपत्रले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । केयर रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

प्रतिकृया दिनुहोस्