एनआईसी एशिया बैंकको ई-सेवा काउण्टर डिपोजिट सेवा शुरु

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकले जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ई-सेवा खाताको शुरुवात गरेको छ ।

ग्राहकलाई मध्यनजर गर्दै आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा ई-सेवा काउण्टर डिपोजिट को सेवाबाट बैंकको शाखामा गई काउण्टरबाट नै ई-सेवामा रकम जम्मा गर्न मिल्ने भएको छ ।

हाल मुलुकभर बैंकको २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्