सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का, बैंकिङ क्षेत्रमा ३० वर्ष बढीको अनुभव !

sahayogi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - सहयोगि विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थाको सीईओ पदको कार्यभार विनय रिजालले सम्हालेका थिए । उनले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । सोही रिक्त हुन आएको सीईओ पदमा संस्थाले जेठ २६ गतेदेखि लागू हुने गरी कामु सीईओको रुपमा खड्कालाई नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ खड्का नागरिक लघुवित्त वित्तीय संस्थाको पूर्व एमडी र अरनिको डेभलमपेन्ट बैंकको पूर्व डीसीईओ थिए । त्यस्तै, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेका खड्का सूर्य डेभलपमेन्ट बैंकमा पूर्व सीईओको रुपमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्