सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा पाइने

 Global ime bank
  • बैंकिङ संसार
काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. र ग्लोबल आइएमई बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसी र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्