मेगा बैंक र लिडरशीप एकेडेमी नेपालबीच सम्झौता, बैंकका कर्मचारीहरुको क्षमता र कार्यकुशलतामा वृद्धि हुने विश्वास !

 mega bank
  • बैंकिङ संसार 
काठमाडौं - मेगा बैंक र लिडरशीप एकेडेमी नेपालबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच कर्मचारीको दक्षता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता हो । उक्त सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र लिडरसीप एकेडेमी नेपालका तर्फबाट संस्थापक एवम् सिईओ अरुण जोशीले हस्ताक्षर गरे ।

कार्यक्रममा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र मानव संशाधन विभाग प्रमुख राजेन्द्र सुवेदीको समेत उपस्थिति रहेको थियो ।

लिडरसीप एकेडेमीसँगको सम्झौताले मेगा बैंकका कर्मचारीहरुको क्षमता र कार्यकुशलतामा वृद्धि भई ग्राहकलाई प्रदान गरिने सेवा थप गुणस्तरीय र प्रभावकारी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस्