नेपाल राष्ट्र बैंकले दियो एनएमबि र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति

 nmb bank
  • बैंकिङ संसार 
काठमाडौं - एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जाने भएका छन् । यी दुई बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले आइतबार (असार ८ गते) पत्र पठाएर सैद्धान्तिक सहमति दिएको हो । एनएमबि र ओमले जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो दिनदेखि नेप्सेमा एनएमबिको सेयर कारोबार रोक्का रहेको छ । ओमको भने यसअघि प्राइम बैंकले एक्वायर गर्ने निर्णय भएदेखि नै सेयर कारोबार रोक्का रहेको छ । 

यी दुई बैंकको सेयर कारोबार मर्जर प्रक्रिया सम्पन्न भएपछि खुल्नेछ ।

प्रतिकृया दिनुहोस्