नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड रुपैयाँको 'ट्रेजरी बिल' बिक्री गर्ने, आजै अपराह्न ३ बजे बोलकबोल !

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं  - नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २६ करोड रुपैयाँको बिल जारी गर्न लागेको हो ।

यो ट्रेजरी २०७६ साल भदौ २४ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने अर्को १ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी २०७७ जेठ २७ गते परिपक्क हुनेछ । 

प्रतिकृया दिनुहोस्