फलोअप-३ : बदमासीको हद देखिएपछि सांग्रीला डेभलोपमेन्ट बैंकलाई राष्ट्र बैंकको अल्टिमेटम, नसच्चिए कार्वाही !

 Shangrila Development Bank
  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकमा संस्थागत सुशासनको कमी भएका केहि प्रमाणहरुसहित बैंकिङ संसार डटकमले समाचार प्रकाशन गरेपछि नियामक नेपाल राष्ट्र बैंकले यस विषयमा सिरियसली इन्स्पेसन गर्दा सोहि अनुसार पाएपछि बैंकलाई सुशासन कायम गर्न अल्टिमेटम दिएको छ । बैंकिङ संसार डटकमको समाचार पढेको इन्सपेक्सन टोलीले बैंकमा यो विषयलाई लिएर गम्भीर भएर इन्सपेक्सन गरेको थियो । इन्सपेक्सनपछि राष्ट्र बैंकले संग्रिला डेभलपमेन्ट बैंकलाई तत्काल सुशासन कायम गर्न निर्देशन दिएको हो  । 

सांग्रीला डेभलोपमेन्ट बैंकभित्र काण्ड नै काण्ड !
इन्सपेक्सनका क्रममा बैंकभित्र काण्ड नै काण्ड भेटिएको छ । प्रचलित कानुन विपरित बैंकका सञ्चालकहरुले घुमाउरो पारामा कम ब्याजदरमा शेयर धितोमा ऋण लिएको देखिएको छ भने नियम विपरित सञ्चालक समितिमा रहेका व्यक्तिले नातेदारको नामबाट ऋण लिएको पाइएको छ । ‘सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासन सम्बन्धि ठुलो समस्या छ । तपाईंहरुको समाचार पढेर हामीलाई इन्सपेक्सन गर्न झन् सजिलो भयो ।' राष्ट्र बैंक स्रोतले भन्यो, ‘ तीन महिनाको अल्टिमेटम दिएका छौं । नसच्चिए कार्वाही गर्छौं।’ स्मरण रहोस् बैंकिङ संसार डटकमले सांग्रीला डेभलोपमेन्ट बैंकका कर्तुतहरु धारावाहिक रुपमा प्रकाशन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिकृया दिनुहोस्