सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बैंकले बाँकी १५ लाख इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

बैंकले ७ वर्ष अवधिको ‘१०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ । 
यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ ।

प्रतिकृया दिनुहोस्