सम्सारा रेमिटमार्फत पठाएको पैसा लुम्बिनी विकास बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी लिन सकिने !

 lumbini bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - लुम्बिनी विकास बैंक लिमीटेडले सम्सारा रेमिट प्रालिसँग विप्रेषण कारोबार सम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सम्सारा रेमिटको तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन् ।

साथै लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले सम्सारा रेमिट प्रा।लि।को नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तानी लिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्