सिद्धबाबा हस्पिटलसहित ३ अस्पतालमा कामना सेवा विकास बैंकका ग्राहकले औषधी तथा उपचारमा विशेष छुट पाउने !

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक लि.ले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. सँग औषधी तथा उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि को तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्