कामना सेवा विकास बैंक लिमिटेडको २ नयाँ शाखा मोरङ र सुनसरीमा विस्तार, कति पुग्यो शाखा संख्या ?

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा सञ्चालन गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुनसरी जिल्लाको इटहरी चोक, इटहरीमा आफ्नो ८५औं र ८६औं शाखा कार्यालय स्थापना गरेको हो । 

उक्त कार्यक्रम बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उद्घाटन भएको छ ।

यसैगरी, बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्