माछापुच्छ्रे बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

 machhapuchchhre bank
  • बैंकिङ संसार 

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमा १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुने भएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बैंकले ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले उक्त ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ रेटिङ दिएको छ । सो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर तोकिएको छ । 

यस ऋणपत्रको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

प्रतिकृया दिनुहोस्