सिभिल बैंकको ७६औं शाखा धनुषा जिल्लाको ढल्केबरमा विस्तार, मेयर हरिनारायण महतोद्वारा उद्घाटन !

 civil bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेको पनि बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्